Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • रेल चलाउन रेल्वे अध्यादेश ल्याइँदै


    मंगलबार, फाल्गुन ११ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । साढे ५ महिनादेखि थन्किएको रेल सञ्चालनका लागि सरकारले रेल्वे अध्यादेश ल्याउने भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सीमापार जयनगर–कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको हो ।अध्यादेशको तयारीसँगै सरकारले साढे ५ महिनादेखि जनकपुरमा थन्किएको रेल पनि उद्घाटन गरिहाल्ने योजना बनाएको बुझिएको छ ।

    धनुषाको इर्नवामा ल्याएर राखिएको रेल चलाउनका लागि कानून अत्यावश्यक भएकाले अध्यादेश ल्याउन छलफल सुरु भएको मन्त्रालयले जनाएको छ ।

    सरकारले संसदमा रेल्वे विधेयक लगेपनि पास भएको छैन ।

    संसद विघटन भएकाले तत्कालै सो विधेयक पास हुने सम्भावना नभएकाले अध्यादेश ल्याएर रेल चलाउने वातावरण तयार गर्न लागिएको हो ।

    सरकारले संसदमा गएको विधेयकमा नै समान्य हेरफेर गरेर रेल्वे अध्यादेश ल्याउने तायरी गरेको छ ।

    मन्त्रालयले मस्यौदा तयार गरेर पठाएपछि मन्त्रिपरिषदले पारित गेर राष्ट्रपतिमार्फत अध्यादेश जारी गरिन्छ ।

    मन्त्रालयका अनुसार रेल सञ्चालनमा लागि भारतीय रेल्वे कम्पनीबाट जनशक्ति ल्याउन लागिएको छ भने लोकसेवा आयोगमार्फत पनि जनशक्ति भर्ति गर्ने तयारी छ । करिब डेढ सय कर्मचारी भर्ना गर्ने प्रक्रिया अघि बढेको छ ।

    सरकारले २०७५ को पुसबाट नै जनकपुर(जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विभिन्न प्राविधिक ढिलाइको कारण देखाउँदै ढिलाइ हुँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार