Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुरक्षा परिषद बैठक सम्पन


    मंगलबार, फाल्गुन ११ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।आज प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मुलुकको समग्र सुरक्षा अवस्थाको बारेमा अध्ययनका लागि  राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक  बसेको छ ।

    बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी थिए ।

    प्रधानमन्त्री निवास  बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ ।

    नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुुमा गर्न तथा सेनाको परिचालन र नियन्त्रण गर्नका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीका अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुुख्य सचिव र प्रधानसेनापति परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार