Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको दोहोरो नीतिः वार्ताको अस्त्र फाल्ने, बाँस्तोलालाई पक्राउ गर्ने ?


    सोमबार, फाल्गुन १० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । केपी ओली नेतृत्वको सरकारले नेत्रविक्रम चन्द ‘बिप्लव’ सँग वार्ता गर्ने कुरालाई जोडतोडका साथ उठाउँदैआएको छ । वार्ताका लागि उक्त पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने भनिरहेको बेला सो पार्टीका नेता धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गरिसकेपछि पुनः पक्राउ गरेको छ । एकातिर वार्ता गर्ने भन्ने अर्कोतिर बाँस्तोलालाई पक्राउ गर्नुले ओलीको नियतप्रति विप्लव माओवादी संशकित भएको छ ।

    सर्वोच्च अदालतले सोमबार बाँस्तोललाई रिहा गर्न आदेश दिइसकेपछि अदालत परिसरबाट निस्कनासाथ प्रहरीले उनलाई पक्राउ गरेको छ ।

    सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले उनलाई रिहा गर्न रिहा गर्न आदेश दिएको थियो ।

    बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट २७ पुसमा पक्राउ परेका थिए । काभ्रेमा बाँस्तोलामाथि मुद्दा रहेकाले पक्राउ गरी त्यतै पठाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार