Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिन्धुलीमा पेस्तोलसहित एक युवक पक्राउ


    सोमबार, फाल्गुन १० २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका-६ प्रतिटोलमा बस्ने सांगे लामा भनी चिनिने एक युवक पेस्तोलसहित पक्राउ परेका छन् । 

    २६ वर्षीय सांगे दोङ एक थान कटुवा पेस्तोलसहित आइतवार साँझ पक्राउ परेका हुन् । उनी प्रहरीलाई देख्नासाथ भाग्न खोज्दा आशंका लगी नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा प्रतिटोल जंगलमा लुकाइराखेको पेस्तोल फेला परेको बताइएको छ । 

    घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार