काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणका लागि पुन: पानी हालिएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको सुरुङ भर्नका लागि सोमबार पुन: पानी हालिएको हो । परीक्षणका लागि पहिले जसरी नै प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटरको दरले सुरुङमा पानी प्रवाह गरिने बताइएको छ ।
सुरुङमा पानी भरिएपछि करिब १० दिन यतिकै राखिने, र त्यसपछि प्रतिसेकेन्ड २६० लिटरका दरले १५ देखि २० दिन लगाएर सुरुङ खाली गरिने र करिब सात दिन लगाएर सुरुङको गुणस्तर पुनः परीक्षण गरिनेछ ।
यसअघि यसअघि गत २९ असारमा पनी हाली सो सुरुङ परीक्षण गरिएको थियो ।सो क्रममा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्किएको थियो ।