Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तरीको कृष्णासवरन गाउँपालिकामा दुर्घटना: एकको मृत्यु


    आइतबार, फाल्गुन ९ २०७७
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरी अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा भएको सवारी दुर्घटनामा घाइते भएका एक व्यक्तिको आज मृत्यु भएको छ ।

    मृत्यु हुनेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजले बस्ने २२ वर्षीय बिपिन चौधरी रहेको प्रहरीले जनाएको छ । शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित न्यूरो विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताउनुभयो ।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा१०च २५२४ नं कारले विपरीत दिशाबाट आउँदै गरेको बा२६प २२६० नंको मोटरसाइकललाई दुई दिनअगाडि ठक्कर दिएको थियो ।

    सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका–१ भेडिया बस्ने ४५ वर्षीय प्रेम चौधरी र सिरहा लहान नगरपालिका–२० मल्हनमा बस्ने २५ वर्षीय अजीत चौधरी घाइते हुनुभएको छ । उनीहरुको विराटनगरस्थित न्यूरो अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार