Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरको सल्लाघारीबाट लागूऔषधसहित भारतीय पक्राउ


    आइतबार, फाल्गुन ९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भारत बेतिया सिक्टा गाउँ–१० बस्ने ४७ वर्षीय आनन्दराम चमार हुन् ।  

     चमारलाई लागूऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् । प्रहरीले चमारका साथबाट अवैध  डाइजोपाम ३००, नोर्फिन ३०० र फेनेरागन ३०० थान बरामद गरेको जनाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार