काठमाडौं । आज भारको दिल्लीबाट कोरोना बिरुद्धको थप १० लाख डोज खोप काठमाडौं आइपुग्ने भएको छ ।
भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौं आउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
अधिकारीलका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउन थालेको हो।
यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो। अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ। मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने बताएका छन् ।