Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अफगानिस्तानको काबुलमा विस्फोट पाँचको मृत्यु


    शनिबार, फाल्गुन ८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •   एजेन्सी ।   अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्ष्यगर्दैै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ ।

    मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ । विस्फोटहरू बिहानको व्यस्त समय भएको थियो ।

    पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ः०० बजे भएको थियो । दोस्रो विस्फोट १५ मिनेट पछि भएको थियो, भने तेस्रो विस्फोटन शनिबार बिहान १०ः२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले सिन्ह्वा सामाचार समितिलाई बताउनु भएको छ ।

    यस समाचारको विस्तृत विवरण प्राप्त नभएको र विस्तृत विवरणको लागि आपराधिक अनुसन्धान विभागसहित एक संयुक्त सुरक्षा टोली खटिएको समाचारमा जनाइएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार