Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रङ्गशाला निर्माणका लागि ललितपुर महानगरको २० लाख सहयोग


    शनिबार, फाल्गुन ८ २०७७
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भरतपुर। चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ललितपुर महानगरपालिकाले रु २० लाख सहयोग गरेको छ ।

    रङ्गशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशन र महानगरपालिकाबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई रु २० लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।

    कार्यक्रममा प्रमुख महर्जनले रङ्गशाला निर्माणका लागि सबैको थोरैथोरै सहयोगले बल पुग्ने बताउनुभयो । उहाँले सबैको हातेमालोबाट रङ्गशाला निर्माण हुनेमा विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

    फाउण्डेशनका अध्यक्ष धुर्मुसले अप्ठ्यारो परिस्थितिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताउनुभयो ।

    रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न पालिकाबाट सहयोग प्राप्त हुनेक्रम बढ्दै गएको पनि फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिनुभयो । महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लागि ऊर्जा थपिएको पनि उहाँले बताउनुभयो ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार