Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डका विश्वासिला दिनानाथ शर्मा र लेखराज भट्ट ओलीका पक्षमा


    मंगलबार, बैशाख १६ २०७७
    725
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १६ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजीको क्रम सुरु भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठहरु एकढिक्का देखिएका छन् ।

    जता तराजु गह्रौं भयो, उतै ढल्किने स्वभावका महासचिव पौडेल पनि प्रधानमन्त्री ओलीबाट लिनुसम्म फाइदा लिएर उनलाई हटाउने खेमातिर लागिसकेका छन् । तर नेकपाका प्रभावशाली नेता तथा ओली सरकारका उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट भने अहिलेको अवस्थामा ओलीको विकल्प खोज्नु नहुने पक्षमा देखिएका छन् । उनी प्रधानमन्त्रीले सोमबार बोलाएको सांसदहरुको भेलामा पनि गएका थिए । उनी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु नहुने पक्षमा देखिएका छन् । 

    त्यसैगरी, राष्ट्रियसभामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्मा पनि प्रधानमन्त्री ओलीको पक्षमा देखिएका छन् । उनले रेडियो अन्तर्वार्तामै ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु नहुने धारणा राखेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजिए दुर्घटना हुने बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार