Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल महिला संघ अध्यक्ष रेग्मीको दावी – टुँडिखेलमा झुण्डाएर गोली ठोकेपछि बलात्कार कम हुन्छ


    शुक्रबार, फाल्गुन ७ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल महिला संघले हत्या, हिंसा, बलात्कारविरुद्ध रत्नपार्कको शान्तिबाटिमा विरोध प्रदर्शन गर्ने भएको छ ।

    संघकी अध्यक्ष उमा रेग्मीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी शनिबार दिउँसा १ बजे महिलाविरुद्धको हिंसा र बलात्कारविरुद्ध विरोध प्रदर्शन गर्ने जानकारी दिएकी हुन् ।

    देशमा कम्युनिष्ट सरकारले असंवैधानिक तथा अलोकतान्त्रिक कदम चालेको भन्दै त्यसका विरुद्ध पनि प्रदर्शन केन्द्रित हुने उनको भनाइ थियो । ‘जो पशु छ, जो राक्षस छ त्यसले मात्र बलात्कार गर्छ,’ अध्यक्ष रेग्मीले भनिन्, ‘बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्छ ।’

    टुँडिखेलमा १० अपराधीलाई झुण्डाएर गोली ठोकेको दिनमात्र अपराधीलाई डरत्रास हुने र समस्या न्यनिकरण हुने बताइन् । रेग्मीले विद्यालयमा नैतिक शिक्षा र यौन शिक्षा अनिवार्य रुपमा दिन पर्ने आवश्यकता औल्याइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार