Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कालोबजारी गरेपछि भाटभटेनीलाई ३ लाख जरिवाना


    मंगलबार, बैशाख १६ २०७७
    790
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १६ चैत । दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । 
    विभागको टोलीले सोमबार गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तुमा बजार मुल्यभन्दा बढी मुल्यमा विक्री गरेको आरोप लागेको छ ।

    भाटभटेनीले ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको विभागले जनाएको छ । यसैगरी विभागले मूल्य सूची नराखी पसल सञ्चालन गरेको पाइएपछि कपनस्थित एमविटी खाद्य स्टोर्सलाई पनि एक लाख रुपैयाँ जरिवाना गरेको छ ।

    लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भाटभटेनीलगायत ठूला पसल सञ्चालन गर्न अनुमति दिएको छ । विपद्को अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार