Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माउन्ट केटुको आरोहरणमा गएका तीन जनाको मृत्यु


    शुक्रबार, फाल्गुन ७ २०७७
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल केटूको आरोहणमा गएका तीनजना आरोहीको मृत्यु भएको पाकिस्तान सरकारले जनाएको छ ।

    यसै महिनाको अन्तिमतिर केटुको आरोहणमा गएका पाकिस्तानी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलीका जुहाल पाब्लो मोहर अझै बेपत्ता रहेकाले उनीहरूलाई पाकिस्तानले मृत घोषणा गरेको हो ।

    पाकिस्तानी मौसम विभागका अधिकारीहरूले खराब मौसम र लगातार हिमपात भइरहेका कारण सम्पर्कविहीन भएकाहरूको खोजी गर्न समस्या परेको बताएको अनर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् । ती नागरिक यही फेब्रुअरी ५ मा सम्पर्कविहिन भएका थिए ।

    केटू हिमाललाई संसारकै सबैभन्दा खतरनाक मानिन्छ ।हराइरहेका आरोही केटूको चुचुरोमा पुगेर फर्किने क्रममा दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।यसअघि सन् २००८ मा पनि केटु हिमाल आरोहणका क्रममा एकै दिन ११ जना आरोहीले ज्यान गुमाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार