Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अवहेलना मुद्दाः चार पूर्व प्रधानन्यायाधीशलाई वारेस राख्न अनुमति


    शुक्रबार, फाल्गुन ७ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले चार पूर्व प्रधानन्यायाधीशलाई अवहेलनासम्बन्धी मुद्दामा वारेस राख्न अनुमति दिएको छ ।

    गत माघ १४ गते लोचन भट्टराई र धनजीत बस्नेतसमेतले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए ।

    सोही मुद्दाका सन्दर्भमा चार पूर्वप्रधानन्यायाधीशले वारेस राख्न अनुमति पाउँ भनेर इजलाससमक्ष निवेदन दिएका थिए । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले उनीहरुको मागअनुसार वारेस राख्न अनुमति दिने आदेश जारी गरेको हो ।

    यसअघि उनीहरुले अदालतको आदेश अनुसार आफै उपस्थित भएर लिखित जवाफ पेस गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार