Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी आचार्यलाई 


    शुक्रबार, फाल्गुन ७ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी झक्कप्रसाद आचार्यलाई दिएको छ । सहसचिव आचार्य अर्थमन्त्रालयको वित्तीय क्षेत्र ब्यवस्थापन महशाखाको प्रमुख हुन् । अर्थमन्त्रालयले बिहीबार उनलाई आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले आचार्यलाई बिहीबारको निर्णयबाट विभागको महानिर्देशकको जिम्मेवारी दिइएको बताए ।  

    आचार्य राजस्व समूहमा क्षमतावान मानिन्छन् । राजस्व समूहमा इमान्दार छविका आचार्य कसैको पनि दबाबका सामु नझुक्ने भनेर चिनिन्छन् । सहसचिव आचार्य दैलेखको दुल्लुका हुन् ।

    यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलाई आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी दिएको चर्चा चलेर उनले धेरै बधाइ पनि खाए । अर्थमन्त्रालयमा सरुवा नै नभई उनलाई महानिर्देशक बनाइएको हल्ला चलाइएको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार