काठमाडौं । आज नेपालमा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरि पछिल्लो २४ घण्टामा १११ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६९ हजार ५०५ पुगेको छ ।
यसैगरी आज देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६०३ रहेको छ ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।