Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मूल्य वृद्धि फिर्ताको माग गर्दै अनेरास्ववियुद्वारा आयल निगम घेराउ


    बिहिबार, फाल्गुन ६ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)ले नेपाल आयल निगम घेराउ गरेको छ ।

    सातामै २ पटक सम्म मूल्य वृद्धि गरेको भन्दै अनेरास्ववियूले विरोध स्वरुप आयल निगम घेराउ गरेको जनाएको छ । विद्यार्थीहरुले निगमअगाडी सरकार विरुद्ध चर्को नाराबाजी गर्दै मुल्यबृद्धि खारेज गर्न माग गरेका थिए ।

    निगमले एकै हप्तामा २ पटक पेट्रोल, मट्टितेल र ग्याँसको भाउ बढाएको थियो । बढ्दो महँगी विरुद्ध अनेरास्ववियुले विहिबार विहानै कलेज तथा क्याम्पसअगाडी प्रदर्शन गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार