Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • प्रहरीलाई कुटपिट गरेको आरोपमा तीनजना पक्राउ


    बिहिबार, फाल्गुन ६ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । जिल्ला प्रहरी कार्यालय मारेङले प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

    विराटनगर महानरपालिका १८, रेलवे स्टेसनबाट सोही ठाउँ बस्ने १९ वर्षीय सन्जीवकुमार यादवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

    को २३ प २११६ नम्बरको मोटरसाइकलमा सवार दुईजना प्रहरीलाई स्थानीय युवाहरुले सरस्वतीको मूर्ति बिसर्जन गर्दै गरेको अवस्थामा उक्त मोटरसाइकल रोकी चाबी खोसी कुटपिट गरी दुर्व्यवहार गरेपछि इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार