Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • फेरि अर्थमन्त्रालय ताक्दै कृष्णहरि पुस्कर


    सोमबार, भाद्र ११ २०८०
    3.7K
    Shares
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि कर्ण पुस्कर साढे ५ महिना कार्यकाल ब्यतित गरी बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् ।
    सामान्य प्रशासन मन्त्रीबाट गएको साउन २९ गते पदमुक्त भएका अमनलाल मोदीको कार्यकालमा भएका अधिकांश सरुवा विवादित बनाउने काम पनि सचिव पुस्करले नै गरेका थिए । मोदीले मन्त्रीबाट पदमुक्त हुनुअघि स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका उपसचिवहरु कोही पनि खटाएको पालिकामा अहिलेसम्म हाजिर गर्न गएका छैनन् ।

    पुस्करलाई निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मोदीलेसरुवामा असुली गर्न सहजताका लागि सचिवका रुपमा ल्याएका थिए । अर्थमन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएको एक महिनामै उनी मोदीको सेटिङमा काम गर्नेगरी सामान्यमा सरुवा हुन सफल भएका थिए ।

    शक्ति र उच्चपदस्थका अगाडि लत्र्याकलुत्रुक पर्ने र मातहतकालाई दबाउने चरित्रका सचिव पुस्करले अख्तियारको सहसचिव हुँदा लोकमानसिंह कार्कीको आदेशमा डा. गोविन्द केसीजस्ता गान्धीवादीलाई ‘पागल’को संज्ञा दिंदै विज्ञप्ति निकालेको बिषय अहिले पनि निजामती प्रशासनमा चर्चा हुने गर्दछ ।

    लोकमानकै पालामा अख्तियारको आडमा कलकत्ताको महाबाणिज्यदूत नियुक्ति हुन लागे । नपाएपछि सरकारले गरेका महाबाणिज्यदूतहरु गोविन्द कार्की, एकनारायण अर्यालहरुको नियुक्तिको बिरोध गर्र्दै आयोगको लेटरप्याडमा विज्ञप्ति निकालेर भडास पोख्ने पनि कर्ण नै थिए ।

    खरिदारमा बैकल्पिकमा निजामतीमा प्रवेश गरेका पुस्कर सचिव बढुवा हुनासाथ चाकरी चाप्लुसीकै कारण प्रदेशमा समेत खटिनुपरेन । सचिवमा बढुवा हुनासाथ उनले गृहमन्त्रालय ताकेका थिए । तर आरजुको कृपाले उनले राजस्व सचिव हुने मौका पाएका थिए ।

    तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुतिको अघिल्लो मध्यराती नायबसुब्बा रघुनाथ घिमिरेलाई मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेपछि उत्पन्न विवादका कारण तत्कालीन सचिव मधु मरासिनी सरुवा भएपछि पुस्कर राजस्व सचिवबाट अर्थसचिव भएका थिए । शर्माको बहिर्गमनसँगै चुनावपछि बनेको सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले उनलाई सरुवा गरी तोयम रायलाई ल्याएका थिए । बिशिष्ट श्रेणीमा बढुवा हुनासाथ प्रदेशमा पदस्थापन नभई सिधै राजस्व सचिव हुने सौभाग्य पाएका पुस्करले जनमत पार्टीकी नेतृ अनितादेवी साह मन्त्री हुनासाथ उनले ल्यापटप र आइफोन मागेको समाचार लेखाएपछि उनीमाथि पार्टीका कार्यकर्ताहरुले केरकार नै गर्ने अवस्था निम्तिएको थियो ।

    अर्थमा सरुवा हुने चलखेलमा पुस्कर

    सामान्यमा सरुवाबाट मन्त्री मोदीसँग मिलेर अकूत असुलीपछि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका पुस्कर पुनः अर्थमन्त्रालयमा सरुवा हुने खेलमा लागेका छन् । अर्थमन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलसँग मन्त्री डा. प्रकाशशरण महतको त्यति केमेष्ट्री नमिलेको थाहा पाएका उनी त्यसमा थप घ्यू थपी आफू जाने मार्ग बनाउन तल्लीन छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवापत्नी डा.आरजु राणाको मन जितिसकेका पुस्करलाई त महत मन्त्री हुनासाथ उनले सचिव बनाउन सिफारिस गरेकी थिइन् । तर उनको छवि राम्रो नभएकाले कांग्रेस र तत्कालीन मुख्यसचिव शंकरदास बैरागीले पोखरेल रोजेका थिए । पोखरेल अर्थमा गएपछि त्यतिबेला पुस्करको योजना साकार भएन । अहिले भने पुस्करले अर्थमा पुनः फर्किनका लागि अहिलेका मुख्यसचिव बैकुन्ठ अर्याललाई रिझाइसकेका छन् ।

    अर्थसचिव हुँदा गतबर्ष भन्सार, आन्तरिक राजस्व कार्यालयका प्रमुखको सरुवामा दररेट तोकेर आकर्षकबाट आकर्षकमा सरुवा गरेको आरोप पुस्करमाथि लाग्ने गरेको छ ।

    ललितपुर आन्तरिक राजस्व कार्यायबाट चितवन आराका, ठूला करदाताबाट बुटवल, आराकाबाट इटहरीबाट भैरहवा, जनकपुर आराकाबाट पुतलीसडकको प्रमुखमा सरुवा गर्दा ४० लाख रुपैयाँसम्म घुसको कारोबार भएको अर्थमन्त्रालय स्रोत बताउँछ । गतबर्षका सरुवा हेर्ने हो भने निजामती सेवा ऐन नियम बिपरीत गरेको अभिलेख पाउन सकिन्छ ।

    गतबर्ष सचिव पुस्करले आर्थिक लाभका आधारमा गरेका सरुवामा ललितपुर आन्तरिक राजस्व कार्यालयको प्रमुखबाट निरन भट्टराईलाई चितवन, ठूला करदाता कार्यालयका निर्देशक धुव्र पोखरेललाई बुटवल आन्तरिक राजस्व, शान्तिराम निरौला आराका इटहरीबाट भैरहवा छन् । निरौला इटहरीभन्दा अघि नेपालगंज आराकाको प्रमुख थिए । लगातार ३ वटा आकर्षक कार्यालय प्रमुख हुनेमा निरौला पर्दछन् । तिलक खड्का आराका कोटेश्वरबाट महाराजगंजमा सरुवा भएका थिए ।

    सुदीश अर्याल मध्यमस्तरीय करदाता कार्यालयबाट नेपालगंज कार्यालय प्रमुखमा लगिएका थिए । गजेन्द्र यादवलाई आराका जनकपुरबाट पुतलीसडकको प्रमुखमा सरुवा भएका थिए । सुनिल यादव बीरगंज आन्तरिक राजस्व कार्यालयको प्रमुखबाट ठूला कदाता कार्यालयमा सरुवा भएका थिए ।

    यी केही उदाहरण हुन्, सचिव पुस्करले प्रायः सबै सरुवामा चलखेल गरी दररेट असुली गरेका थिए । सरुवामा रकम असुलीका लागि बिचौलियाको रुपमा पुस्करले गजेन्द्र र सुनिल यादव परिचालन गरेको स्रोत बताउँछ ।

    यो बर्ष पनि सरुवामा करोडौं उठाउनेगरी अर्थमन्त्रालयको सचिवमा सरुवा हुन पुस्कर लागेका छन् । सरुवा गर्ने महिना यही भदौ भएकाले उनी अर्थमा जान भरमग्दुर प्रयत्नमा लागेका छन् ।
    त्यस्तै, पुस्करको दररेट अन्ुसार नबुझाउने उपसचिवहरुलाई प्रदेशमा २ बर्ष काम गरेको भए पनि राजस्व परामर्शमा लखेटेका थिए ।

    सबै विदेश भ्रमणमा पुस्करको कब्जा

    सिचिव पुस्करले निर्णय आफू लेख्दैनन् ।राय नलेख्ने, पेश भए अनुसार यो फाइल पेश गरेको छु भनेर मन्त्रीबाट सदर गराई आफू पानीमाथिको ओभानो बन्ने गर्दछन् । आर्थिक लाभ लिने तर कुनै पनि निर्णय नगर्ने उनको प्रवृत्ति हो ।

    अर्थसचिव हुँदा मन्त्रालय वा अन्तर्गतका निकायमा सहसचिव, उपसचिव वा शाखा अधिकृत र संस्थानका कर्मचारीको लागि आएको बैदेशिक भ्रमणको कोटा समेत उनले कब्जा गरी आफैं जाने गरेका थिए । संस्थानहरुको बैदेशिक भ्रमणको स्वीकृतिका लागि फाइल आए उनी आफैं जाने गरेका थिए । गतबर्ष अन्तर्राष्ट्रिय कर सम्बन्धी २ दिने तालिममा जर्मनी आफै गएका थिए । जबकि त्यहाँ करप्रशासनसँग सम्बन्धित कर्मचारीलाई पठाउनुपर्ने थियो । संचयकोषका कर्मचारी जानुपर्ने मोरक्को भ्रमणमा समेत पुस्कर आफैं गएको आरोप लागेको थियो । कोषका पदाधिकारी भ्रमण स्वीकृतिका लागि मन्त्रालय आउँदा पुस्करले आफ्नै नाम मोरक्को भ्रमणमा राखेका थिए ।

    निक्षेप तथा कर्जा सुरक्षण कोषका कर्मचारीका लागि आएको विदेश भ्रमणको कोटासमेत उनैले हडपेका थिए । अर्थमा आएका विदेश भ्रमणका फाइल देख्नासाथ उनले नाम हालिहाल्ने गरेका थिए । गतबर्ष उनले मोरक्कोबाट अमेरिका, अफ्रिका भ्रमणको लागि मुख्यसचिव शंकरदास बैरागीकोमा पेश गरेपछि विदेशमात्रै बस्ने भनेर हप्काई खाएका थिए । बैरागीले उनको दक्षिण अफ्रिकाको भ्रमण नै रद्द गरिदिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार