नारायणपुर, १५ बैशाख । दाङमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी एक किशोरको मृत्यु भएको छ ।
हलमही बजारबाट स्थानीय अर्जुनखोला जाँदै गरेको रा १ त ३४७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा लमही नगरपालिका वडा नम्बर ५ का १९ वर्षीय दिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलाबाट ट्रयाक्टरमा बालुवा लादी घर बनाउँदै गरेको स्थानमा पुर्याउने क्रममा कोइलाबास सडकखण्डको लमही –५ मा सो दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक सडकखण्डको लमही –५ मा सो दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए । चौधरी सोही ट्याक्टरमा काम गर्ने श्रमिक भएको प्रहरीले जनाएको छ । रातभर पानी परेकाले बाटामा चिप्लिएर दुर्घटना भएको थियो । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस