Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रेस पासको अवधि ५ वर्ष बनाउने सञ्चारमन्त्री गुरुङकाे प्रतिवद्धता


    बुधबार, फाल्गुन ५ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले प्रेस पास ५ वर्षसम्म नविकरण गर्न नपर्ने व्यवस्था गर्ने बताएका छन् । 

    नेपाल पत्रकार महासंघको २६औ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा मन्त्री गुरुङले सूचना विभागबाट हुने झन्झटिलो कामलाई सहज बनाउन आफु लागि परेकाे बताएका हुन् । पत्रकारले प्रेसपास वार्षिक रुपमा नविकरण गर्नुपर्ने हुँदा समस्या परेकाे गुनासाे गरेपछि मन्त्री गुरूङले यस्ताे बताएका हुन् ।

    मन्त्री गुरुङले अनलाइन र केवल टिभीलाई पनि लोककल्याणकारी विज्ञापनको सुविधा दिइने, सञ्चार प्रतिष्ठापन केन्द्रको स्थापना गरिने श्रमजीवि पत्रकार ऐन लागू गर्न पत्रकार महासंघसँग सहकार्य गर्ने, पत्रकार वृतिविकास कोषलाई बढाएर १० करोड बनाइने बताए ।

    कोषको रकमवाट जेष्ठ, अशक्त, सुत्केरी पत्रकार, विरामी पत्रकार, रोजगार गुमेका पत्रकारको हीतमा लगानी गर्ने गुरूङकाे भनाइ थियाे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार