Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ५ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?


    शुक्रबार, कार्तिक २८ २०८२
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको अन्तिम दिन आज सुक्रबार सुनको भाउ ५ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५० हजार २ सय रुपैयाँ थियो।

    अघिल्लो दिन सुनको भाउ तोलामा ५ हजार ९ सय रुपैयाँ मूल्य बढेको थियो।

    त्यस्तै चाँदी प्रतितोला ६० रुपैयाँ घटेको छ । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ हजार ३४५ रुपैयाँ थियो । यसअघि चाँदी असोज ३१ गते ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार