Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नजिक


    बुधबार, फाल्गुन ५ २०७७
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अमेरिकामा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ५ लाख पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७८७ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ९९ हजार ९९१ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ६३ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ८३ लाख नाघेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म १ करोड ८४ लाख ७९ हजार ४१८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९४ लाख १ हजार ८११ जनामध्ये १८ हजार ७१६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार