Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाईप उद्योगमा आगलागी


    सोमबार, बैशाख १५ २०७७
    790
    Shares
  • २ मिनेट पाठ
  • वीरगञ्ज, १५ बैशाख  । बिरगंजको पाइप उद्योगमा आगलागि भएको छ । वीरगञ्ज–१३ तेजारथ टोल स्थित मनकामना पाइप उद्योगको गोदाममा आगलागी भएको हाे।

    तयारी पाइप राखिएको गोदाममा आगलागी हुँदा करिब  १० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहीले जानकारी दिए । प्रहरीका अनुसार आगलागीबाट एक थान मोटरसाइकल समेत जलेको छ भने गोदम आसपासका घरका झ्यालहरुमा सामान्य क्षति पुगेको छ ।दिउँसो १ बजेतिर लागेको आगो वीरगञ्ज महानगरपालिकाको २ वटा वारुण यन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा एक घण्टामा नियन्त्रणमा लिइएको थियो ।

    सञ्चालक विनय नेपालका अनुसार गोदाममा कामना र मनकामना प्लाष्टिक पाइप फ्याक्ट्रीबाट उत्पादित पाइप राखिएको थियो । ज्वलनशील पदार्थ पाइप राखिएको गोदाममा आगलागी हुँदा वीरगञ्जमा कालो धुवाँको मुस्लो देखिएको थियो ।गोदाममा कसरी आगलागी भयो भन्नेबारेमा खुल्न नसकेको र यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सयममै वारुण यन्त्र र सुरक्षाकर्मी आइपुगेकोले ठूलो क्षति हुनबाट बचेको स्थानीयले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार