काठमाडौं । जिल्ला प्रहरी कार्यालय प्युठानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अश्लील गालीगलौज गरेको भन्दै दुई जनालाई पक्राउ गरेको छ ।
प्युठानमा सरकारविरुद्ध भएको प्रदर्शनमा प्रधानमन्त्री ओलीलाई अश्लील गालीगलौज गरेकाे भन्दै प्रहरीले नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता तुनाराम खत्री र कार्यकर्ता सागर जिएमलाई पक्राउ गरेकाे हाे ।
उनीहरूले अश्लील नारा लगाएको भन्दै ठाडो निवेदन परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रमुख डीएसपी सुनिल मल्लले जानकारी दिए । उनका अनुसार उनीहरू साेमबार नै छुटीसकेका छन् ।
हाल प्रकरणबारे ओली पक्षका नेता, कार्यकर्ता र कांग्रेसका कार्यकर्ताबीच इलाका प्रहरी कार्यालय, ढिंग्रीमा छलफल भइरहेको डीएसपी मल्लले जानकारी दिए ।