भक्तपुर , १५ बैशाख । भक्तपुरमा आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको आराेपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
गत शनिबार बिहान सिन्धुपाल्चोक घर भई मध्यपुर ठिमी नगरपालिका ९ बोडेमा बस्दै आएकी १४ वर्षीया बालिकालाई २३ वर्षीय दाइले बलात्कार गरेको आरोप छ।
बालिकामाथि जवरजस्ती करणी गरेको किटानी जाहेरी दरखास्तको आधारमा दाइलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो।
आइतबार भक्तपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरीले जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान गरिरहेको डिएसपी दीपक गिरीले जानकारी दिए।