Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शिक्षा नियमावली संशोधनः कक्षा १० मा विद्यार्थी भर्ना गर्ने बाटाे खुला


    मंगलबार, फाल्गुन ४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संशोधन प्रस्ताव गरेअनुसार शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ राजपत्रमा प्रकाशित भएकाे छ। याेसँगै अबदेखि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउने भएका छन् ।

    अहिलेसम्म कक्षा १० मा विद्यार्थी भर्ना प्रावधान थिएन । ऐन तथा नियमावलीअनुसार कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि सम्बन्धित विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन पाउने प्रावधान रहेकाे थियाे ।

    शिक्षा नियमावली, २०५९ को नियम ८० मा स्थानान्तरण प्रमाणपत्र सम्बन्धी व्यवस्था रहेको छ । उपनियम (२) मा ‘उपनियम (१)मा जुनसुकै कुरा लेखिएको भए तापनि कक्षा दशमा अध्ययन गर्ने विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र दिइने छैन’ उल्लेख थियो । सोही नियमलाई संशोधन गरिएको हो ।

    यसअघिको विद्यार्थीको अभिभावक कर्मचारी भएमा र निजको सो समयमा सरुवा भएमा, वैवाहिक सम्बन्धको कारणले महिला विद्यार्थी अन्यत्र स्थानान्तरण हुनु परेमा वा अभिभावक बसाई सराई भएमा मात्र कक्षा १० मा स्थानान्तरण प्रमाणपत्र दिने व्यवस्था थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार