Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भागरथी हत्या प्रकरणः दाेषीलाई कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र


    मंगलबार, फाल्गुन ४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बैतडीकी भागरथी भट्ट घटनामा संलग्न अपराधीलाई कारबाही गर्न माग गर्दै महिला कानुन व्यवसायीहरुले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।

    नेपाल बार एशोसिएशन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेट गरी भट्टको बलात्कारपछि हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी कानूनी कारबाहीको दायरामा ल्याई पीडित र उनका परिवारलाई न्याय दिलाउन माग गरेका हुन् ।

    नेपाल बार एशोसिएशनका उपाध्यक्ष एवं नेपाल बार एशोसिएशन महिला समितिका अध्यक्ष अधिवक्ता रक्षा बस्यालले भागरथीको सम्बन्धमा घटेको घटना लगायत देशव्यापी रुपमा भएका बलात्कारका घटनाहरुको सुक्ष्म अध्ययन गरी अपराधीलाई कानूनी कारबाही गर्न माग गरिएको बताए ।

    भेटमा गृहमन्त्री थापाले भागरथी घटनाको अनुसन्धान अपराधीको नजिक पुगेको र अपराधीहरु छिट्टै पक्राउ पर्ने विश्वास दिलाउन कोशिस गर्नुभएको अध्यक्ष बस्यालले बताए । महिला कानून व्यवसायीहरुले निर्मला पन्तको घटनामा जस्तो कमजोर अनुशन्धान नगर्न समेत गृहमन्त्री थापासमक्ष माग गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार