Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भारतकाे मध्य प्रदेश बस दुर्घटनाः कम्तीमा ३५ जनाको मृत्यु


    मंगलबार, फाल्गुन ४ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नयाँदिल्ली । भारतमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

    भारतकाे मध्य प्रदेश राज्यको सिधी जिल्लामा मंगलबार बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    भारतीय सञ्चारमाध्यमहरुका अनुसार सिधीबाट सतना गइरहेको बस मध्य प्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा रामपुर नैकिनमा बिहान करिब साढे आठ बजे पुलबाट तल वाणसागर परियोजनाको नहरमा खसेको थियो ।

    बसमा ६० जना यात्रु रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मध्य प्रदेश सरकार जनसम्पर्क विभागका अनुसार हालसम्म नहरबाट ३५ जनाको शव निकालिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार