Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आरआर क्याम्पसमा ओली र प्रचण्ड समूहका विद्यार्थीबीच झडप हुने सम्भावना, बाक्लो संख्यामा प्रहरी परिचालन


    मंगलबार, फाल्गुन ४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस विद्यार्थीहरूबीच झडप हुने सम्भावना भएपछि बाक्लो सङ्ख्या सुरक्षाकर्मी परिचालन गरिएको छ।

    आज बिहान प्रतिनिधि सभा विघटनको विषयमा विभाजित भएका प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल सकूहका विद्यार्थीबीच विवाद भएको थियो ।

    त्यही क्रममा केही धक्का मुक्कासमेत भएकाले सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए।

    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपाभित्र असन्तुष्ट रहेकाहरू आन्दोलनमा छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार