Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अपराध महाशाखाको प्रमुखमा एसएसपी खापुङ, थापाको सरुवा 


    सोमबार, फाल्गुन ३ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडांै । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा सरुवा भएका छन् ।  महाशाखाको प्रमुखमा एसएसपी चन्द्रकुवेर खापुङलाई पठाइएको छ । गृहमन्त्रालयले एसएसपी थापालाई सरुवा गरी खापुङलाई उनको ठाउँमा पठाएको छ । एसएसपी थापाले आफैंले सरुवा मागेर गएको प्रहरी स्रोतले बताएको छ ।

    महानगरीय आयुक्त कार्यालयका प्रमुख हरि पाल र उनीबीच तालमेल नमिलेपछि उनले प्रहरी प्रधान कार्यालयमा सरुवा मागेका थिए ।उनको सरुवा प्रहरी प्रधान कार्यालय, नक्साल सरुवा भएको छ ।  थापाले यसबीचमा नेकपाकी युवानेतृ रामकुमारी झाँक्रीलाई राज्यबिरुद्धको कसुरमा गिरफ्तार गरेका थिए । तर बिरोधपछि उनलाई छाडिएको थियो । राष्ट्रपतिको बिरुद्ध बोलेबापत उनलाई नियन्त्रणमा लिइएको थियो । 

    एसएसपी थापा कोेरोना महामारीको बीचमा गएको वैशाख १२ गते महाशाखा सरुवा भएका थिए । उनको कार्यकालमा संगठित अपराधका साथै पुराना घटनाका फरार अभियुक्तहरु पक्राउ परेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार