Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसद ‘अपहरण’को जाहेरी दर्ता गर्न प्रहरी हेडक्वाटरको निर्देशन, महोत्तरीमा दर्ता हुने


    सोमबार, बैशाख १५ २०७७
    1K
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, १५ बैशाख । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको तर्फबा दिइएको अपहरणको जाहेरी दर्ता गर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । डा. यादव राजीखुसीले जनकपुरबाट काठमाडौं आएको भनेर अन्तर्वार्ता दिए पनि एकाएक आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा अपहरणको जाहेरी दिन गएका थिए । तर महोत्तरीमा घटना भएकाले उतै दर्ता गर्न परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले काठमाडौंमा दर्ता गर्न अस्वीकार गरेका थिए ।  

    प्रहरी प्रधान कार्यालयको निर्देशनपछि पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका यादवको अपहरण प्रकरणमा मुछिएकाहरु विरुद्धको किटानी जाहेरी कानुन अनुसार दर्ता हुने भएको छ । प्रहरी प्रवक्ता डिआइजी निरज शाहीले कानुन अनुसार जाहेरी दर्ता गर्न निर्देशन दिएको जानकारी दिएका छन् । दर्ता गर्न नमाने त्यसको पनि कानुनी बाटो खुल्ला रहेको उनले बताएका छन् । 

    प्रहरीको आलोचना बढेपछि प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले जाहेरी दर्ता गर्न महोत्तरी प्रहरीलाई निर्देशन दिएको स्रोत बताउँछ । आइतबार काठमाडौं प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन ।

    पार्टी फुटाउन नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ तथा पूर्व प्रहरी मानिरीक्षक सर्वेन्द्र खनालले सांसद यादबलाई दबाब र प्रलोभनमा पारेर काठमाडौं ल्याएको उनको भनाइ छ । आफूलाई अपहरण गरिएको सांसद यादबको दाबी छ । यद्यपि उनी नै तत्कालीन समाजवादी पार्टी विभाजन गर्ने डिजाइनर भएको र काठमााडौंमा आएपछि उनले स्वास्थ्य मन्त्री मागेको तर उक्त मन्त्रालय दिन नसकिने भनेपछि उनी समाजवादी पार्टीको सम्पर्कमा पुगेर आफूलाई खनाल, बस्नेत र श्रेष्ठले दबाबमा पारेर ल्याएको भनेका थिए । तर विभिन्न टेलिभिजन अन्तर्वार्तामा भने उनले आफूलाई अपहरण नगरिएको बताएका थिए । समाजवादी पार्टीका बिद्रोही समूहका सांसद प्रदीप यादवले डा. सुरेन्द्र यादव नै पार्टी विभाजनका डिजाइनर भएको तर मन्त्रीमा कुरा नमिलेपछि अपहरणको नाटक मन्चन गरिरहेको बताइरहेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार