Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भागरथी भट्टको न्यायको माग गर्दै नेविसंघद्वारा विरोध प्रदर्शन


    आइतबार, फाल्गुन २ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

    नेविसङ्घ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीय किशोरी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै पद्यकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि र्याली तथा कोणसभा गरेको हो ।

    कोणसभामा नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सरकारले भट्टको हत्यारालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनुपर्ने बताए । नेपाल महिला सङ्घकी महासचिव एवं पूर्वराष्ट्रियसभा सदस्य धना खतिवडाले देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने अवस्था आएको बताए ।

    भागरथी भट्टलगायत आजसम्म बलात्कार र हत्यामा परेका नेपाली चेलीको न्यायका निम्ति नेविसङ्घले निरन्तर खबरदारी गर्ने सङ्घका महामन्त्री दिपक भट्टराईले जानकारी दिए । पद्ममकन्या क्याम्पसबाट शुरु भएको विरोध र्याली पुतलीसडक घुमेर पुन पद्ममकन्या क्याम्पसमा आई कोणसभामा परिणत भएको थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार