Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ २७ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


    शुक्रबार, कार्तिक १४ २०८२
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३९ हजार रुपैयाँ तय भएको छ। बिहिबार सुन प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको भाउ प्रतितोला ८० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ रहेकोमा आज बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।

    अन्तरास्ट्रिय बजारमा अघिल्लो दिन मूल्य बढेपछि नेपाली बजारमा प्रभाव परेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार