Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • आजदेखि दोस्रो चरणको खोप,सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई


    आइतबार, फाल्गुन २ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। सरकारले आज फागुन २ गतेदेखि पहिलो चरणको खोप कार्यक्रम अन्र्तगत  दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम राखेको छ । आज फागुन २ देखि  फागुन ८ गतेसम्म चल्ने सो अभियानमा करिब २ सय खोप केन्द्रबाट खोप दिइनेछ । खोप कार्यक्रम बिहान १० बजेदेखि साँझ ४ बजेसम्म रहनेछ ।

    काठमाडौं , भक्तपुर र ललितपुरका १७  स्थानबाट खोप दिइनेछ । जसमा काठमाडौं जिल्लाभित्र राष्ट्रिय आयुर्वेद अस्पताल कीर्तिपुर, सशस्त्र अस्पताल बलम्बु, वीरेन्द्र अस्पताल छाउनी, शुक्रराज सरुवा रोग अस्पताल टेकु, प्रसूति गृह थापाथली, वीर अस्पताल रत्नपार्क, प्रहरी अस्पताल लाजिम्पाट, टिचिङ अस्पताल महाराजगन्ज, गंगालाल हृदयकेन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल गोकर्णेश्वर, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती कर्मचारी अस्पताल छन् ।

    यस्तै, भक्तपुरको जिल्ला अस्पताल भक्तपुर र कोरियन अस्पताल ललितपुरमा पाटन अस्पताल, क्रिष्ट मेडिकल कलेज र आनन्द वन अस्पताल छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैङ्कका कर्मचारीलाई खोप लगाइने छ ।

    यसबाहेक काठमाडौं बाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने काठमाडौं जिल्ला जनस्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

    यसैगरि पहिलो चरणको खोप कार्यक्रम अन्तर्गत पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीमध्ये शुक्रबारसम्ममा तीन हजार ४७९ जनाले खोप लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार