Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यात्रुसहितका ७ वटा बस काठमाडौंमा भित्रिए


    सोमबार, बैशाख १५ २०७७
    830
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १५ बैशाख  ।  आज काठमाडौंमा यात्रुसहितका ७ वटा बस प्रवेश गरेका छन् । विराटनगरबाट नागढुंगा नाकामा हुदै  यात्रुहरुको व्यक्तिगत विवरण टिपेर र शरीरको तापक्रम जाँचेर उक्त बस  काठमाडौं उपत्यका प्रवेश भएका हुन् ।

    मोरङ–काठमाडौं समाजका अध्यक्ष मुरारी कोइरालाका अनुसार  सबैको नाम, ठेगाना, सम्पर्क नम्बर टिपेर, ज्वरो नापेर, सम्बन्धित वडा र स्थानीय प्रहरीको निगरानीमा रहने गरी प्रहरीले छाडेको छ ।विराटनगर महानगरपालिकाले सात वटा बसमा करिब १६० जनालाई राखेर काठमाडौं पठाएको थियो । सोमबार बिहानै नागढुंगा नाकामा आइपुगेका उनीहरुलाई प्रहरीले रोकेको थियो ।

    ना ६ ख ९१४०, ना ७ ख ९५४, ना ७ ख ९५५, ना ८ ख ८००१, ना ८ ख ८००२, ना ५ ख ६८८ र ना ५ ख ८००४ नम्बरका बसहरु विराटनगरबाट यात्रु लिएर काठमाडौं आएका हुन् । ती बसहरुबाट काठमाडौंमा रोकिएका विराटनगरका बासिन्दालाई लैजाने योजना महानगरपालिकाको छ ।

    विराटनगर महानगरपालिकाकापोखरेलले समन्वय गरेरै विराटनगरमा अलपत्र परेका काठमाडौंका बासिन्दालाई पठाएको बताएका छन् । उनले भने, ‘हामीले समन्वय गरेर, सबैको स्वास्थ्य जाँचेर नै पठाएका हौं ।’

    विराटनगर महानगरपालिकाले सोमबार बिहान पनि चन्द्रनिगाहपुरदेखि इलामसम्मका ३८५ जना यात्रुहरुलाई पठाएको छ ।

    अन्य स्थानबाट आएकाहरुलाई विराटनगर प्रवेश गर्नुअघि निबुवा भन्ने स्थानमा रोकेर, उनीहरुको व्यक्तिगत विवरणको रेकर्ड राखेर उनीहरुको व्यक्तिगत विवरणको रेकर्ड राखेर प्रवेश दिने गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार