Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्पेनका बालबालिका ६ हप्तापछि रमाए सडकमा


    सोमबार, बैशाख १५ २०७७
    625
    Shares
  • २ मिनेट पाठ
  • एजेन्सी, १५ बैशाख । करिब ६ हप्ता भएको स्पेनका सडक बालबालिकाले भरिएको छ । कोरोना भाइरसको जोखिम रोकथामका लागि त्यहाँका सडक सुनसान भएका थिए ।

    स्पेन सरकारले जारी गरेको लकडाउनका कारण त्यहाँका बालबालिका कोठामै वा घरमै गुम्सिएका थिए ।

    तर ६ साता देखि जारी लकडाउन कोरोनाको संक्रमण कम भइरहँदा  लकडाउन पनि खुकुलो पार्न थालिएको छ।

    यसरी खुकुलो भइरहेको लकडाउनको फाइदा आइतबार स्पेनका बालबालिकाले उठाए।
    स्पेनले ६ हप्तापछि बालबालिकालाई बाहिर खुल्ला स्थान आउने अनुमति दिएपछि उनीहरूले त्यसको फाइदा उठाएका हुन्।खुल्ला भएपछि उनीहरू कोही पैदल त कोही साइकल, त कोही स्केटबोर्ड र स्कूटरहरू लिएर पहिलेझैं बाहिर खेल्न निस्केका हुन्।

    स्पेन कोरोना भाइरसको विश्वव्यापी महामारीले बढी ग्रस्त देशहरू मध्येको एक हो।अनुमति जारी भएसँगै उनीहरु म्याड्रिडका सडकहरुमा घुम्न थालेका हुन्।

    तर बाहिर निस्कदा उनीहरुले अनिवार्य मास्कको प्रयोगसँगै सामाजिक दुरीलाई समेत ध्यान दिनुपर्नेछ।

    यसका लागि उनीहरुका अभिभावकले ध्यान पुर्याउनु पर्नेछ।

    हाल उनीहरुलाई दैनिकी एक घण्टामात्रै त्यसरी बाहिर बस्ने अनुमति दिइएको छ।
    उनीहरु खेल्दा र डुल्दा आफ्नो घरको एक किलोमिटर भित्र रहनुपर्नेछ।

    स्पेनका विद्यालयहरू भने सबै बन्द छन्।
    स्वास्थ्य मन्त्री साल्भाडोर ईल्लाले परिवारहरुले सामान्यतया सामाजिक दुरीका नियमहरूको पालना गर्दैछन् तर उनले आउँदो दिनमा सरकारको निर्णय अनुसार र आवश्यक भएमा थप 'मापदण्ड समायोजन' गर्ने बताए।
    स्पेनमा कोरोना संक्रमित संख्या हालसम्म २ लाख ७ हजार ६३४ पुगेको छ भने संख्या २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ।
    मृत्यु संख्याका आधारमा स्पेन संयुक्त राज्य अमेरिका र इटाली पछि तेस्रो स्थानमा छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार