Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाकी श्रीमतीलाई सम्मान


    शनिबार, फाल्गुन १ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम। प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द  झाकी श्रीमती काशीदेवीलाई नेपाली कांगे्रस तरुण विभाग प्रदेश नं २ द्वारा सम्मान गरिएको छ । कांग्रेसका केन्द्रीय सदस्य एवं कांग्रेस तरुण विभागका सभापति शङ्कर भण्डारीले आज शहीद झाकोे पैतृक गाउँ जटहीमा उहाँलाई सम्मानका साथै शहीद झाको गणतान्त्रिक योगदानको सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।

    सम्मानपत्रमा लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, बहुलवाद, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक व्यवस्था ल्याउन आफ्नो अमूल्य जीवन न्यौछावर गर्ने अमर शहीद झाप्रति श्रद्धासुमन अर्पण र परिवारजनप्रति उच्च सम्मान व्यक्त गर्न पाउँदा गर्वको अनुभूति भएको उल्लेख छ ।

    सो अवसरमा विभागका केन्द्रीय सदस्य एवं प्रदेश नं २ का संयोजक रामपल्टन साह, कांग्रेस धनुषा कार्य समिति सदस्य प्रवेश चौधरीले शहीद झाको नेपालमा गणतान्त्रिक शासन पद्धतिको स्थापनाको सङ्कल्प, योगदान र राजा महेन्द्रमाथि बम प्रहार प्रसङ्गको चर्चा गर्नुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार