Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकामा कोरोना संक्रमणबाट ४ लाख ८६ हजार भन्दाबढीकाे मृत्यु


    शुक्रबार, माघ ३० २०७७
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकामा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ८६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६८ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ८६ हजार ९२२ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ८० लाख नाघेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म १ करोड ७९ लाख ३० हजार ८१९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९५ लाख ८४ हजार ४९९ जनामध्ये २० हजार ४०७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार