Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्राजिलमा ४० लाखले कोभिड–१९ विरुद्धको खोप लगाए


    बिहिबार, माघ २९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । ब्राजिलमा  बिहीबारसम्ममा ४० लाखभन्दा बढी ब्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । 

    जनवरी १७ देखि खोप सुरू गरिएको यस दक्षिण अमेरिकी मुलुक विश्वकै अत्यधिक प्रभावित मुलुकमध्ये अग्र तेस्रो स्थानमा पर्दछ । सङ्क्रमणका हिसाबले ब्राजिल अमेरिका र भारतपछि पढि प्रभावित मुलुक हो भने मृत्यु सङ्ख्याका हिसाबले अमेरिकापछि अर्थात् दोस्रो बढी प्रभावित मुलुक हो ।

    ब्रजिलमा अहिलेसम्म दुई लाख ३५ हजार कोभिड–१९ सङ्क्रमित को मृत्यु भइसकेको छ ।

    ब्राजिलमा अझै पनि सङ्क्रमण दर उच्च रहेको छ । विगत २४ घण्टामा ब्राजिलमा ५९ हजार ६०२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यससँगै यहाँ कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ९६ लाख ५९ हजार १६७ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार