Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कसुर प्रमाणित भए झाँक्रीलाई ७ बर्ष कैद


    बिहिबार, माघ २९ २०७७
    635
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीलाई ७ बर्ष कैद र ७० हजार जरिवाना हुन सक्ने देखिएको छ।

    महानगरीय अपराध महाशाखाको पिल्लर नं. ६ ले नेतृ झाँक्रीलाई ‘राज्यविरूद्धका कसुर अन्तर्गतको दफा ५८’ अनुसार पक्राउ गरेको पत्र नै सार्वजनिक गरेसँगै झाँक्रीलाई कैदसहितको जरिवाना हुने देखिएको हो ।

    दफा ५८ मा मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख छ ।

    दफा ५८ को १ मा ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दवाव दिन हुँदैनन ।’ उल्लेख गरिको छ भने सो दफा अनुसार कसुर प्रमाणित भए ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था मुलुकी अपराध सहिंताको दफा ५८ को २ मा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार