Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भागरथी हत्या प्रकरणः न्याय माग्दै काठमाडाैंमा नेविसंघद्वारा प्रदर्शन


    बिहिबार, माघ २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा काठमाडाैंमा प्रदर्शन भएकाे छ ।

    ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर क्याम्पसका नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै विद्यार्थीहरूले चर्को नारा लगाएका थिए।

    नेपालटार क्याम्पस गेटबाट नाराबाजी गर्दै नेविसंघका नेता कार्यकर्ता, विद्यार्थीहरु बाइपास हुँदै माछापोखरी चोक पुगेर कोण सभा गरेका थिए। उनीहरुले करिब एक घण्टा चक्काजामसमेत गराएका थिए ।

    बलात्कारीलाई सरकारले तत्काल पहिचान गरेर निर्मला पन्त, सम्झना विक र भागरथीका हत्याराहरुलाई कारबाहीको दायरामा नल्याउन्जेल आफूहरुले आन्दोलन जारी राख्ने नेविसंघले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार