Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललिता निवास जग्गा प्रकरणः मुख्य योजनाकार ढकाललाई थुनामा राख्ने आदेश


    बुधबार, माघ २८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको १ सय ४३ रोपनी सरकारी जग्गा हिनामिना गर्ने मुख्य अभियुक्त शोभाकान्त ढकाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

    अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले शोभाकान्त ढकाल, रामकुमार सुवेदीसहित १७५ जनाबिरुद्ध ललिता निवासको जग्गा हिनामिनामा संलग्न भएको आरोपमा मुद्दा दायर गरेको थियो । ढकाल आज अदालतमा उपस्थित भएका थिए । आज भएको थुनछेक बहसपछि उनलाई थुनामा पठाइएको छ । न्यायाधीशत्रय अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्र सारुको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको छ ।

    ललिता निवास जग्गा हिनामिनामा संलग्न अख्तियारकै पूर्व प्रमुख आयुक्त दीप बस्नेतलाई विशेष अदालतले थुनामा पठाउने आदेश यसअघि नै दिइसकेको छ । बस्नेतपछि ढकाललाई थुनामा राख्न आदेश दिएको छ । ढकालपत्नी उमा ढकाल यसअघि धरौटीमा रिहा भइसकेकी छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल विरुद्ध ३९ करोड २८ लाख बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । २०७६ माघ २२ गते अख्तियारले मुद्दा दर्ता गरेको थियो ।

    आयुर्वेदका चिकित्सक शोभाकान्त ढकाल र रामकुमार सुवेदी ललिता निवास जग्गा हिनामिनाका मुख्य योजनाकार हुन् । ढकाल र गुरुङले भाटभटेनी डिपार्टमेन्टल स्टोरका संचालक मीनबहादुर गुरुङलाई समावेश गरी उक्त जग्गा गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गरेका थिए । उनीहरुले गैरकानुनी जग्गा दर्ता गर्नका लागि राजनीतिक र प्रशासनिक संरक्षणका लागि तत्कालीन एमालेका नेता बिष्णुप्रसाद पौडेल( हाल अर्थमन्त्री) र पूर्व निर्वाचन आयुक्त सुधीर शाहलगायतलाई पनि योजनामा सामेल गरेका थिए ।

    अर्थमन्त्री पौडेलका छोरा नवीनका नाममा ८ आना जग्गा पनि घुसबापतै दिएको भए पनि उक्त ५० हजार आना किनेको लिखत बनाएका थिए । तर गैरकानुनी जग्गा दर्ता गर्न सघाएबापत उक्त जग्गा घुसबापत नै अर्थमन्त्रीका छोरालाई दिएका थिए । ललिता निवासको जग्गा गैरकानुनी दर्ता गर्ने मालपोत कार्यालयका तत्कालीन अधिकृत हुपेन्द्रमणि केसी ५ लाख घरौटीमा गएको पुस २१ म छुटिसकेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार