मोरङ। कानेपोखरीमा १७ वर्षिय एक किशोरी बलात्कृत भएकी छन् । बलात्कृत किशोरी बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । गत बिहीबार राति भएको उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले कानेपोखरी-२ का २९ वर्षीय प्रेम चौधरीलाई पक्राउ गरेको छ ।
चौधरीसँग किशोरीको दुई साताअघि चिनजान भएको थियो । गत बिहीबार किशोरीलाई घरमा बोलाएर बलात्कार गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार भोलिपल्ट बिहान चौधरीले युवतीलाई घर पठाएका थिए । तर युवती चौधरीकै घरनजिक बेहोस भएर लडेकी थिइन् ।
त्यसपछि स्थानीय बासिन्दाले उपचारका लागि लगेपछि किशोरीमाथिको बलात्कारको घटना सार्वजनिक भएको थियो । कोसी अस्पताल विराटनगरमा उपचार पछि उनी घर फर्किएकी छन् ।