काठमाडाैँ । नेकपा प्रचण्ड–माधव समूहका एक जना अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली ‘ओली फाउन्डेसन’ का मात्रै अध्यक्ष रहेको टिप्पणी गरेका छन् । उनले ओली बढीमा ‘ओली गुट’ का अध्यक्ष मात्रै रहेको पनि बताएका छन् ।
संघीय र राजधानी काठमाडौँमा आज आयोजित नेकपा प्रचण्ड–माधव समूहको जनसभामा बोल्दै अध्यक्ष नेपालले निर्वाचन आयोगमा गएर बहुमत प्रमाणित गरेर देखाउन चुनौती पनि दिएका छन् । उनले ओलीले निर्वाचन आयोगमा पुगेर उनका पक्षमा निर्णय गर्न दबाब दिएको आरोप लगाएका छन् ।
नेपालले ४४१ जना केन्द्रीय सदस्यहरुमध्ये २९५ जनाको हस्तक्षर निर्वाचन आयोगमा बुझाएको बताए । उनले नियमअनुसार चाँडो निर्णय लिन निर्वाचन आयोगलाई आग्रह गरे ।