Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • भागरथी हत्या प्रकरणः कारबाही माग गर्दै बुटवलमा प्रदर्शन


    बुधबार, माघ २८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाही माग गर्दै बुटवलमा प्रदर्शन गरिएकाे छ ।

    अनेरास्ववियू छैटौँले बुधबार बुटवलमा प्रदर्शन गरेको हाे । प्रदर्शन बुटवलको कालिका मानवज्ञान विद्यालयबाट सुरु भई मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै अखिल छैटौँ रुपन्देहीका अध्यक्ष सरोजमान सिंहले भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।

    ‘बलात्कार र हत्याका घटनाका अभियुक्तलाई कारबाहीको दायरामा नल्याउँदा घटना अपराधीको मनोबल बढेको छ,’ उनले भने, ‘यसले सरकारको उदासीनता प्रस्ट झल्किन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार