Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सात एसपीको सरुवा र १६को पदस्थापनः चितवनको एसपीमा अधिकारी


    मंगलबार, माघ २७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले मंगलबार सात एसपीको सरुवा र १४ लाई पदस्थापन गरेको छ । एसपी ओम अधिकारीलाई चितवनको इन्चार्जमा सरुवा गरिएको छ । चितवनमा सरुवा हुनका लागि धेरै एसपीको दौडधूप चले पनि अधिकारीले बाजी मारेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जिल्ला चितवनको प्रहरी प्रमुखमा रामबहादुर थापा बादलले ओम अधिकारीलाई पठाएका छन् । 
      
    त्यसैगरी एसपीद्वय दीपशमशेर जबरा १ नम्बर गण नक्साल र रेवती ढकाललाई २ नम्बर गणको प्रमुखमा महाराजगंजमा सरुवा गरिएको छ । भोलाबहादुर रावल काठमाडौं उपत्यका बिशेष सुरक्षा प्रहरी गणमा सरुवा भएका छन् । किसनसिंह थापा नेपाल प्रहरी पहरा गण र विकासराज खनाल काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा सरुवा भएका छन् । चितवनमा ठ्याक्कै एक बर्ष कार्यरत एसपी नान्तिराज गुरुङलाई एयरपोर्टमा सरुवा गरिएको छ ।

    त्यसैगरी नेपाल प्रहरीले मंगलबारै ६ डीएसपीको सरुवा निकालेको छ । सरुवा हुने डीएसपीहरु सबैले इन्चार्ज पाएका छन् । सरुवा हुने डीएसपीहरुमा कोमल शाह नगर प्रहरी कार्यालय, रामहरि पाण्डे सिंहदरबार सुरक्षा गण, नरहरि रेग्मी प्रहरी बृत्त ठिमी, तुलसीराम अर्याल अछाम, बालनरसिंह राणा ताप्लेजुङ र मनोहर भट्ट दार्चुला छन् ।    

    सरुवा सूची

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार