Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छोरीलाई गोली हान्ने महरा पक्राउ


    मंगलबार, माघ २७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैताडी । गोली हानेर छोरीको हत्या गरेर फरार रहेका बाबु पक्राउ परेका छन्। बैतडीको पुर्चौडी नगरपालिका–१० का धनबहादुर महरालाई प्रहरीले पक्राउ गरेको हाे।

    जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार अभियुक्त महरालाई मंगलबार दिउँसो दोगडाकेदार गाउँपालिका–८, माल्लेखबाट नियन्त्रणमा लिइएको हो।

    बहुविवाह गरेका धनबहादुर र उनकी श्रीमतीबीच भएको झगडा छुट्याउने क्रममा माइतीघर बसिरहेकी पुर्चौडी नगरपालिका–३ जोग्गौडाकी २० वर्षीया छोरी बेलमती धामी महरामाथि धनबहादुरले गोली प्रहार गरी हत्या गरेका थिए।

    घटनापछि फरार धनबहादुरलाई चार दिनपछि प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार