Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भवन विभागका सरुवामा आर्थिक चलखेल, १५ दिनसम्म सूची बेबसाइटमा राखिएन


    बुधबार, असोज ३० २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सहरी विकास तथा भवन निर्माण विभागले यही असोज १५ भित्र देशभरी विभिन्न आयोजनामा ठूलो मात्रामा शाखा अधिकृत सरहका इञ्जिनियरहरूको सरुवा ग¥यो ।

    कानुनतः इञ्जिनियरहरूको सरुवा गर्ने अधिकार महानिर्देशकलाई छ । तर विभागका महानिर्देशक मचाकाजी महर्जनले सरुवाको सूची विभागको बेबसाइटमा राख्न लगाएनन् । जबकि अरु सबै कार्यालय, विभाग तथा अन्य निकायहरुले सरुवाको सूची असोज १५ गते नै बेबसाइटमा राखेका छन् ।

    महालेखा नियन्त्रकको कार्यालयले समेत सरुवाको सूची बेबसाइटमा राखेको थियो । विभागका एक कर्मचारी भन्छन्–सरुवाको सूची बेबसाइटमा नराख्नुको उद्देश्य हो, पहिले सरुवा गर्नु, त्यसपछि बार्गेनिङ गर्दै सरुवा परिमार्जन गर्नु हो । यसमा ठूलो मात्रामा आर्थिक चलेखल हुने गरेको छ ।

    सरुवाको सूची बेबसाइटमा राख्ने हो भने परिमार्जन गर्न मिल्दैन । परिमार्जन नगरे आर्थिक चलखेल पनि हुँदैन । सरुवाको सूची बेबसाइटमा नराखी भित्रभित्रै महानिर्देशक महर्जनले आर्थिक लेनदेन गर्दै संशोधन गरेको दृष्टान्त संघीय आयोजना कार्यान्वयल इकाई मोरङ नै हो ।

    संघीय आयोजना कार्यान्वयल इकाई मोरङमा ६ इन्जीनीयरको दरबन्दी छ । अहिले नै ७ इन्जीनीयर कार्यरत छन् । तर महानिर्देशक महर्जनले सूची परिमार्जन गरी दरबन्दी भन्दा थप इन्जीनीयर सरुवा गरेका छन् । मोरङमा इन्जीनीयरद्वय अशोक राम र रमेश यादव ५ बर्षदेखि कार्यरत छन् ।

    निजामती सेवा नियमावली अनुसार २ बर्षमा कर्मचारीको सरुवा हुन्छ । तर राम र यादव महानिर्देशक महर्जनलाई खुसी पारेपछि उनीहरुको सरुवा गरिएको छैन । अहिले नै दरबन्दी भन्दा बढी इन्जीनीयर कार्यरत रहेको अवस्थामा महानिर्देशक मचाकाजीले फेरि दरबन्दी भन्दा थप इन्जीनीयरको सरुवा गरी रमाना गरिसकेका छन् ।

    सरुवाको सूची बेबसाइटमा नराख्नुमा विभागका कर्मचारी प्रशासन शाखाका कर्मचारीको पनि चासो रहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार