काठमाडौं । सहरी विकास तथा भवन निर्माण विभागले यही असोज १५ भित्र देशभरी विभिन्न आयोजनामा ठूलो मात्रामा शाखा अधिकृत सरहका इञ्जिनियरहरूको सरुवा ग¥यो ।
कानुनतः इञ्जिनियरहरूको सरुवा गर्ने अधिकार महानिर्देशकलाई छ । तर विभागका महानिर्देशक मचाकाजी महर्जनले सरुवाको सूची विभागको बेबसाइटमा राख्न लगाएनन् । जबकि अरु सबै कार्यालय, विभाग तथा अन्य निकायहरुले सरुवाको सूची असोज १५ गते नै बेबसाइटमा राखेका छन् ।
महालेखा नियन्त्रकको कार्यालयले समेत सरुवाको सूची बेबसाइटमा राखेको थियो । विभागका एक कर्मचारी भन्छन्–सरुवाको सूची बेबसाइटमा नराख्नुको उद्देश्य हो, पहिले सरुवा गर्नु, त्यसपछि बार्गेनिङ गर्दै सरुवा परिमार्जन गर्नु हो । यसमा ठूलो मात्रामा आर्थिक चलेखल हुने गरेको छ ।
सरुवाको सूची बेबसाइटमा राख्ने हो भने परिमार्जन गर्न मिल्दैन । परिमार्जन नगरे आर्थिक चलखेल पनि हुँदैन । सरुवाको सूची बेबसाइटमा नराखी भित्रभित्रै महानिर्देशक महर्जनले आर्थिक लेनदेन गर्दै संशोधन गरेको दृष्टान्त संघीय आयोजना कार्यान्वयल इकाई मोरङ नै हो ।
संघीय आयोजना कार्यान्वयल इकाई मोरङमा ६ इन्जीनीयरको दरबन्दी छ । अहिले नै ७ इन्जीनीयर कार्यरत छन् । तर महानिर्देशक महर्जनले सूची परिमार्जन गरी दरबन्दी भन्दा थप इन्जीनीयर सरुवा गरेका छन् । मोरङमा इन्जीनीयरद्वय अशोक राम र रमेश यादव ५ बर्षदेखि कार्यरत छन् ।
निजामती सेवा नियमावली अनुसार २ बर्षमा कर्मचारीको सरुवा हुन्छ । तर राम र यादव महानिर्देशक महर्जनलाई खुसी पारेपछि उनीहरुको सरुवा गरिएको छैन । अहिले नै दरबन्दी भन्दा बढी इन्जीनीयर कार्यरत रहेको अवस्थामा महानिर्देशक मचाकाजीले फेरि दरबन्दी भन्दा थप इन्जीनीयरको सरुवा गरी रमाना गरिसकेका छन् ।
सरुवाको सूची बेबसाइटमा नराख्नुमा विभागका कर्मचारी प्रशासन शाखाका कर्मचारीको पनि चासो रहेको बताइएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend